Connect with us
Kapilvast Forest

काँग्रेसद्वारा कोहलपुरको मेयरमा २३ र उपमेयरमा १६ जना सिफारिस

२०७९, ७ बैशाख बुधबारमा प्रकाशित

congress

 

नेपालगञ्ज- आसन्न स्थानीय निर्वाचनका लागि नेपाली काँग्रेसले कोहलपुर नगरपालिकाको मेयरमा २३ र उपमेयरमा १६ जनाको नाम सिफारिस गरेको छ ।मेयरमा सिफारिस हुनुभएका बलराम शर्मा, चिन्तामणि धिताल, भानुभक्त भट्टराई, पूर्ण आचार्य, वर्तमान उममेयर सन्जु कुमारी चौधरी, फुलाराम थारु, चक्र अधिकारी, राजेन्द्र श्रेष्ठ, निमबहादुर चलाउने (निरज), भुम भण्डारी, चूडामणि कँडेल, नरबहादुर मल्ल र जागेश्वर थारु रहनुभएको छ ।

यस्तै, उपमेयरमा अन्जना पाण्डे, मीना सिग्देल, द्रोपती वली, केशकुमारी वली र सङ्गीता पौडेलको नाम सिफारिस गरिएको नेपाली काँग्रेस बाँकेले जनाएको छ ।

नेपालगञ्ज र कोहलपुरको मेयर र उपमेयरका लागि सिफारिस भएका सबै राजनितिक वृत्तमा कुशल मानिन्छन् । काँग्रेसभित्र अब्बल मानिएर सिफारिस भएका सबै नेताको चौतर्फी चर्चा भए पनि मेयर र उपमेयरको टिकट कसले पाउने हुन् भन्ने बारेमा अझै केही भन्न नसकिने अवस्था छ ।

काँग्रेस विधान अनुसार नगरपालिकाको मेयर र उपमेयरको टिकट दिने अधिकार प्रदेश संसदीय समितिलाई भएको हुँदा सिफारिस भएर नाम गएका नेताहरु आ–आफ्नो लबिङ गर्न लागिपरेका छन् ।

वर्तमान उपमेयर सन्जुकुमारी थारुले आफूले एक कार्यकाल उपमेयर भएर चलाएकोले आफू नै योग्य उम्मेदवार भएको र महिला भएकोले प्राथमिकता पाउनुपर्ने दाबी गर्नुभएको छ ।

उहाँले कोहलपुरमा नेपाली काँग्रेसको पकड धेरै राम्रो भएको र गत निर्वाचनमा समेत सय मतभित्र नै हारजित भएकोले यस पटक काँग्रेस सबैभन्दा बलियो रहेको बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu