शिवराजमा गठबन्धनको प्रतिबद्धता सार्वजनिक,कृषि,स्वास्थ्य र शिक्षालाई प्राथमिकता (पूर्ण पाठ)
कपिलवस्तु-नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको गठबन्धनले शिवराजमा प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गरेर गठबन्धनले आफ्ना एजेन्डा सहित समृद्ध नगर बनाउनको लागि निर्वाचन अघि प्रतिबद्धता सार्वजनिक गरेको हो । गठबन्धनका मेयर पदका उम्मेदवार क्षेत्र बहादुर खत्रीले शिवराजका विकास र समृद्ध नगर बनाउन जनताले गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो । सफा सोच,सही नेतृत्व,सुशासन र विकास सँगै समृद्ध नगर हाम्रो अभियान भन्ने नारा सहित सार्वजनिक गरेको पत्रमा सम्भावना र परिकल्पनाहरूलाई यर्थातमा जोड्रनका लागी सफा सोच र सही नेतृत्वमा आउनुपर्नेमा जोड दिइएको छ ।
उहाँले स्वास्थ्य,शिक्षा र कृषिलाई मुख्य प्राथमिकता दिएको बताउनुभयो । नगरमा राम्रो अस्पताल नहँदा नागरिकहरूलाई धेरै समस्या भइरहेको बताउँदै स्थानीय तहको मातहतमा रहने गरी अस्पताल निर्माण गर्ने बताउनुभयो । डाक्टरहरूलाई विशेष सुविधा सहित १५ जना स्वास्थ्यकर्मी भर्ना गरी नागरिकहरूको सेवामा लगाइने प्रतिबद्धता पत्रमा उल्लेख रहेको छ । शिक्षामा पछाडि रहेको शिवराजमा गुणस्तरीय शिक्षा प्रदान गरी शिक्षक अभाव भएको ठाउँमा व्यवस्थापन गरिने खत्रीले बताउनुभयो ।
कृषि क्षेत्रमा भएका समस्यालाई समाधान गरिने उहाँले बताउनुभयो । मल बिउ पल लगायत कृषि सामाग्रीहरु समयमा उपलब्ध नहुँदा कृषकहरू चिन्तित रहेकोले यसको समाधानको लागि नगरपालिका ठोस निर्णय गर्ने बताउनुभयो । सहज र सरल माध्यम वाट कृषकहरूले विपल मल पाउने वातावरण सिर्जना गरिने उहाँले बताउनुभयो । नगरमा भौतिक पूर्वाधार,रोजगारी,बजार व्यवस्थापन,खानेपानी,सञ्चार,युवा खेलकुद,पर्यटन, कर व्यवस्थापन लगायतका विषयलाई जोड दिइने बताइएको छ । मेयरका उम्मेदवार क्षेत्र बहादुर खत्री र उपमेयरका उम्मेदवार दिनेश पुनले सयुक्त रूपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन ।उपमेयरका उम्मेदवार पुनले निर्वाचित भए पश्चात् प्रतिबद्धता पुरा गर्ने बताउनुभयो । महिला,दलित सुकुम्वासी लगायतका धेरै समस्या रहेकोले यी समस्या समाधानको लागि पहल गरिने बताएको छ ।