Connect with us
Kapilvast Forest

नौ महिनामा सरकारले लियो दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण

२०७९, २० बैशाख मंगलवारमा प्रकाशित

काठमाण्डाै – सरकारले चालु आर्थिक वर्षको नौ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले आन्तरिक र बाह्य गरेर साउनदेखि चैतसम्म दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको हो ।

यसमध्ये एक खर्ब १६ अर्ब रुपैयाँ बाह्य र एक खर्ब पाँच अर्ब रुपैयाँ आन्तरिक ऋण रहेको अर्थ मन्त्रालयले जनाएको छ।

सरकारले यो आर्थिक वर्षमा दुई खर्ब ८३ अर्ब नौ करोड रुपैयाँ बाह्य र दुई खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक गरेर पाँच खर्ब २२ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ । यसमध्ये साउनदेखि चैतसम्मको नौ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको हो ।

आन्तरिकतर्फ माघ, फागुन र चैतमा मात्रै ९९ अर्ब ४६ करोड रुपैयाँ ऋण लिइएको अर्थ मन्त्रालयले जनाएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu