Connect with us
Kapilvast Forest

कांग्रेस लुम्बिनीका सहमहामन्त्री मुस्कानद्वारा राजिनामा

२०७९, २ जेष्ठ सोमबारमा प्रकाशित

अर्घाखाँची-नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनाल (मुस्कान)ले सहमहामन्त्री पदबाट राजिनामा दिनुभएको छ ।
स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो गृह जिल्ला अर्घाखाँचीमा नेपाली कांग्रेसले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको तथा २०७४ सालको स्थानीय निर्वाचनमा जितेका स्थान समेत गुमेको भन्दै नैतिकता आधारमा राजिनामा दिनुभएको हो ।

२०७४ सालको निर्वाचनमा जिल्ला सभापति रहेका मुस्कान अहिले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्री हुनुहुन्छ ।