Connect with us
Kapilvast Forest

बडा दशैंको छैठौं दिन, माता कात्यायनीको पूजा गरिँदै

२०७६, १७ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं । बडा दशैंको छैठौं दिन, आज माता कात्यायनीको पूजा गरिँदैछ । आश्विन शुक्लषष्ठी तिथिमा शक्ति स्वरुपा भवानी माता कात्यायनीको पूजाआजा गरिन्छ । माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ ।

यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन् । तत्पश्चात उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् । राजर्षि जनककी पुत्री जानकी भएझैं कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् ।

माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ । अतिशक्तिशाली बाघमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ । देवी कात्यायनीको पूजाआराधनाका लागि आज देवीमन्दिर, शक्तिपीठ तथा दशैंघरहरुमा भक्तहरुको उपस्थिति रहेको छ ।

काठमाडौ उपत्यकाका नव दुर्गाहरुमध्ये गुुुुुुुुुुुुुुुह्येश्वरी,नक्सालभगवती ,कालिकास्थान, मैतीदेवी, भद्रकाली, संकटा, रक्तकाली,शोभा भगवती, दक्षिणकाली र अन्य देवीमन्दिरहरु तलेजु भवानी, चामुण्डा भगवती, नरदेवी, विजेश्वरी, बगलामुखी लगायतका मठमन्दिरमा भगवती दुर्गाभवानीको पूजाआजा भइरहेको छ ।

यसै गरी पाथीभरा,दन्तकाली, सिद्धकाली,छिन्ताङभगवती,कंकालिनी,सखडाभगवती, कालिञ्चोकभगवती,पाल्चोक पलाञ्चोक, नालाभगवती, चण्डेश्वरी, जाल्पादेवी, सल्यानकोट भगवती,मनकामना, गोरखकाली,लमजुङकालिका,मौलाकालिका छिम्केश्वरी,विन्ध्यवासिनी, कास्कीकोट, सुपादेराली, उजिरेश्वरी, आलमदेवी गह्रौंकालिका, दुर्लुङकोट, बाग्लुङकालिका,जलजलामाई, त्रिुपुरा सुन्दरी वागीश्वरी, शैलेश्वरी उग्रतारा लगायत मुलुकका देवीमन्दिर तथा शक्तिपीठहरुमा भक्तिपूर्व आद्यशक्ति माता भगवतीको पूजाआराधना गरिंदैछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu