युवतीलाई अपहरण शैलीमा कारमा लगेर सामूहिक बलात्कार
युवतीलाई सामूहिक बलात्कार गर्ने मध्ये ३ जना पक्राउ परेका छन् । वडा नम्बर ९ का २४ वर्षीय रामप्रकाश गोइत,. ३६ वर्षीय गणेशकुमार यादव र वडा नम्बर ८ २२ वर्षीय नथुनी भन्ने चतुरान्नद यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।
युवतीलाई उनीहरुले अपहरण शैलीमा बलपूर्वक बीआर ३२ पी ४२६२ नम्बरको स्कोरपियोमा राखी बन्धक बनाएर सामूहिक करणी गरेको प्रहरीले जनाएको छ । करणीमा संलग्न अन्य दुई जनाको खोजी भइरहेको प्रहरी प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीले बताउनु भयो ।