दाइजो नल्याएको भन्दै भारतमा नेपाली महिलाको हत्या
भारतको अररिया जिल्लास्थित परवाना नदीको किनारमा मिरगन्ज पुलनजिकै पानीमा फालेको अवस्थामा रञ्जुको शव भेटिएको छ । शवको पोस्टमार्टमपछि नेपाल नै ल्याएर दाहसंस्कार गरिने मृतकका माइती पक्षले जनाएका छन् ।
हत्यामा संलग्न भएको आरोपमा रञ्जुका श्रीमानसहित चार जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । गत फागुनमा भारतको अररिया जिल्ला तकियाका २५ वर्षीय भीमबहरदारसँग रञ्जुदेवीको विवाह भएको थियो ।
विवाहपछि बहरदार परिवारले पटक–पटक रञ्जुलाई दाइजोको विषयमा मानसिक र शारीरिक यातना दिँदै आएको माइती पक्षको आरोप छ । राजधानी दैनिकले खबर छापेको छ ।