Connect with us
Kapilvast Forest

नेपाली सेनामा भर्ना खुल्याे, ४ हजार जना माग

२०७९, २४ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौ – नेपाली सेनाले ठूलो संख्यामा सैन्य पदमा दरखास्त माग गरेको छ।

देशभरका २० वटा व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने गरी नेपाली सेनाले कुल चार हजार सैन्य पदका लागि दरखास्त आव्हान गरेको हो। दरखास्त भदौ २४ देखि असोज २३ गतेसम्म दिन सकिने नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग,जंगी अड्डाले जनाएको छ। दोब्बर दस्तुर तिरेर असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ।

यसका लागि शैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा शारीरिक रूपमा असक्त/मृत्यु भएका नेपाली सैनिकका सन्तती, खुला र समावेसीतर्फ ४ हजार माग गरेको हो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu