Connect with us
Kapilvast Forest

मुलुकको आर्थिक सूचक चिन्ताजनक अवस्थामा छ : अध्यक्ष गोल्छा

२०७९, २७ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घसँग विज्ञापन आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष गोल्छाले सो बताउनुभएको हो ।

लामो समयदेखि अर्थतन्त्रमा समस्याहरु आइरहेको र अहिलेको अर्थतन्त्रको अवस्थालाई दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने आवश्यक रहेको गोल्छाको भनाइ छ ।

अध्यक्ष गोल्छाले भन्नुभयो, ‘‘नेपालको अहिलेका आर्थिक स्थिति वा सूचकहरु चिन्तालाग्दो अवस्थामा छ । विगतमा पनि अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थाबाट गुज्रिएका थियौं । पछिल्लो अवस्था पनि चिन्तालाग्दो अवस्था नै छ । अहिले अर्थतन्त्रमा देखिएको समस्याको समाधान दीर्घकालीन मात्रै हुनसक्छ ।’’

अध्यक्ष गोल्छाले अर्थतन्त्रमा देखिएका समस्या आधारभूत भएको औंल्याउनुहुँदै अर्थतन्त्रमा देखिएको समस्याबाट लयमा फर्किनका लागि केही महिना लाग्नसक्ने बताउनुभयो । उद्योग व्यवसायहरु फस्टाए मात्रै विज्ञापन व्यवसाय बढ्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘आधारभूत समस्यामा आएका छौं । अर्थतन्त्रमा देखिको समस्याबाट बाहिर आउनको लागि केही महिना लाग्छ । उद्योग व्यवसायहरु चलेपछि मात्रै विज्ञापन व्यवसाय बढ्ने हो । उद्योग वाणिज्य महासङ्घको भिजन पेपरले नेपालको विज्ञापन बजारको दायरालाई पनि फराकिलो बनाउने कार्यमा ठूलो भूमिका निर्वाह गर्नेछ । जति उद्योग व्यवसाय फस्टाएर मुलुक समृद्धितर्फ जानसक्यो भने विज्ञापन बढ्ने कुरामा दुईमत छैन ।’’

उहाँले अर्थतन्त्र सङ्कुचन हुने अवस्था रहेकाले उद्योग र विज्ञापन व्यवसायसमेत सङ्कुचनमा पर्ने बताउनुभयो । अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासङ्घको भिजन पेपरले नेपालको विज्ञापन बजारको दायरालाई फराकिलो बनाउने कार्यमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । कोभिडको कारण विज्ञापन बजार पनि सोचेको जस्तो विस्तार हुन नसकेको जानकारी उहाँले दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu