Connect with us
Kapilvast Forest

कात्तिक १८ गते अघि चुनावकाे प्रचारप्रसार गरे कारवाही

२०७९, ३१ आश्विन सोमबारमा प्रकाशित

काठमाडौ – निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका दल तथा उम्मेदवारले तत्काल प्रचारप्रसारका लागि सभा, गोष्ठी, अन्तक्र्रिया वा जुलुसजस्ता कार्यक्रम गर्न नपाउने बताएको छ। निर्वाचन आयोगमा आचारसंहितासमेत हेर्नुहुने आयुक्त रामप्रसाद भण्डारीले मतदानको दिन आउनुभन्दा १७ दिनअघिदेखि मात्र उम्मेदवारले यस्ता कार्यक्रम गर्न पाइने बताउनुभयो।

उहाँका अनुसार हाललाई उम्मेदवार तथा दलहरूले घरदैलो कार्यक्रममा जाँदा पनि २५ जनाभन्दा धेरैको समूह बनाउन पाउने छैनन्। घरदैलोमा जाँदा १० वटाभन्दा बढी झन्डा प्रयोग गर्न नपाइने उहाँले बताउनुभयो। ‘‘यदि यस्तो गरेको पाइएमा त्यस्तो कार्य आचारसंहिताविपरीत हुनेछ। दलहरूले कात्तिक १८ गतेदेखि मात्र प्रचारप्रसारका काम गर्न पाउनुहुने छन्,” उहाँले भन्नुभयो, ‘‘यो हामीले मात्र बनाएको नीति हैन, राजनीतिक दलहरूकै परामर्शमा बनेको हो।”

घरदैलोमा जाने उम्मेदवारले बाजागाजा बजाउने, भोजभतेर गर्ने, नाचगान गर्ने काम पनि आचारसंहिताविपरीत हुन्छ। ‘‘हामीकहाँ आचारसंहिता उल्लङ्घनका यस्ता थुप्रै उजुरी परेको छ। कतिपय उम्मेदवारले खाडीका लागि उधारो भिसासमेत बाँडिरहनुभएको उजुरी परेको छ,” भण्डारीले भन्नुभयो, ‘‘दर्जनौँलाई स्पष्टीकरण सोध्ने तथा कारबाही गर्ने प्रक्रिया पनि सुरु गरिसकेका छौँ।” आचारसंहिता उल्लङ्घन गरेमा आयोगले स्पष्टीकरण सोध्नुका साथै उम्मेदवारी रद्द गर्नेसम्मको कारबाही गर्नसक्ने प्रावधान छ।

प्रचारप्रसार गर्दा दल वा उम्मेदवारको चिह्न वा प्रचार हुने टिसर्ट वा कुनै पनि प्रकारको ट्याग लगाउन नपाइने भण्डारीले बताउनुभयो। घरदैलो तथा भेटघाट भने गर्न पाइने छ।

‘‘अहिलेको चुनावमा जित्ने उम्मेदवारहरूले भोलि नीति, नियम, कानुन बनाउने हो,” उहाँले भन्नुभयो, ‘‘त्यस्तो व्यक्तिले अहिलेदेखि नै निर्धारित कानुन मान्नुभएन वा मान्दिनँ भन्नुभयो भने भोलि कसरी कानुन बनाउनुहोला ?”

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu