Connect with us
Kapilvast Forest

माधव नेपाललाई कारबाही गर्न पत्र पाएपछि प्रहरीले के गर्छ ?

२०७९, ३ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचनसम्बन्धी कसूरमा कारबाही गर्न निर्वाचन आयोगले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र पठाएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्तासमेत रहेका उपन्यायाधिवक्ता गुरु वाग्लेका अनुसार, अब जिल्ला प्रहरी कार्यालय रौतहटले कारबाही प्रक्रिया सुरु गर्नुपर्नेछ । ‘यो आरोप लागेका कुनैपनि व्यक्तिलाई पक्राउ गर्ने वा नगर्ने भन्ने प्रहरीको स्वविवेकको विषय भयो’ वाग्ले भन्छन्, ‘तर निर्वाचन आयोगको पत्र पाएपछि प्रहरीले अनुसन्धान अघि बढाउनुपर्छ ।’

महान्यायाधिवक्ता कार्यालयमा कार्यरत एक सरकारी वकिलका अनुसार दुई वर्षसम्म कैद, एक लाख रुपैयाँ जरिवानाको सजाय व्यवस्था भएकाले पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल पक्राउ पर्ने सम्भावना अत्यन्त कम छ । पक्राउ गर्नुपर्ने भएमा चाहिँ प्रहरीले उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ अनुमतिपत्र लिनुपर्छ ।

प्रहरीले निर्वाचन आयोगले पठाएको पत्रका विषयमा अनुसन्धान गर्न नेता नेपाललाई बोलाउन सक्छ । त्यसपछि निर्वाचन कसूरमा मुद्दा चल्ने वा नचल्ने भन्नेबारेमा राय सहित सरकारी वकिलको कार्यालयमा प्रतिवेदन दिनेछ । सरकारी वकिलले मुद्दा चलाउने निर्णय गरेमा जिल्ला अदालतमा मुद्दा अघि बढ्छ भने मुद्दा नचल्ने निर्णय गरेमा तहगत रुपमा निर्णय हुदै महान्यायाधिवक्ताले मुद्दा नचल्ने निर्णय सदर गर्छ ।

‘तर आयोगबाटै यसरी पत्राचार भइसकेपछि प्रहरीले कम्तीमा कागजात र प्रमाण संकलन गर्ने अनि अनुसन्धानका आधारमा एउटा निष्कर्ष निकाल्ने काम गर्छ’ महान्यायाधिवक्ता कार्यालयमा रहेका ती सरकारी वकिलले भने, ‘केही नभएपनि यो फाइल सरकारी निकायमा अभिलेखका रुपमा रहने निश्चित भयो ।’

केही दिनअघि आफ्नो चुनाव क्षेत्र रौतहट-१ को एक सार्वजनिक कार्यक्रममा नेता नेपालले आफूले गरेको कामको विवरण सुनाउने क्रममा वैदेशिक रोजगारीमा जानेलाई फ्रि भिसा फ्रि टिकट पनि सुरु भएको बताएका थिए ।

आफूले पत्राचार गरेपछि जिल्ला प्रहरी कार्यालयमा पठाएको पत्र र फाइलका बारेमा अब निर्वाचन आयोगको कुनै भूमिका र क्षेत्राधिकार हुदैन । तर आयोगले एकीकृत समाजवादीका उम्मेदवार नेपाललाई सोधेको स्पष्टीकरणका बारेमा भने निर्वाचन आयोगले थप प्रक्रिया अघि बढाई एउटा निष्कर्ष निकाल्छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता वाग्लेका अनुसार अब स्पष्टीकरणको प्रक्रिया निर्वाचन आयोगबाट अघि बढ्छ भने निर्वाचन कसुरको आरोपमाथिको कारवाही रौतहट प्रहरीले अघि बढाउँछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu