कपिलवस्तुमा बाघजस्तो देखिने मलाह विरालो (Fishing Cat) मृत फेला
कपिलवस्तु –
कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ दयानगरमा एक मलाह बिरालो मृत फेला परेको छ । डिभिजन वन कार्यालय गौतमबुद्ध अन्तर्गत बहादुरगंज दयानगर गाउं नजिक मलाहा विरालो (Fishing Cat) सडक दुर्घटनाको कारण मृत अवस्थामा फेला परेको छ ।
सानो बाघजस्तो देखिने उक्त बिरालोलाई स्थानीयले देखेपछी डिभिजन बन कार्यालय गौतमबुद्वलाई खबर गरेका थिए ।
उद्वारको लागि टोलि जाँदै गर्दा बिरालोको मृत्यु भइसकेको बताइएको छ ।पछिल्लो समय वन्य जन्तुहरुका लागि पनि सडक दुर्घटना एक प्रमुख चुनौतीको रुपमा देखिएको मलाह बिरालो संरक्षणका अभियान्ता गणेश पुरिले बताउनुभयो ।
कपिलवस्तुमा धेरै यस्ता बिरालो रहेकोले संरक्षणको अभावले दिन प्रतिदिन घटदै गएको पुरि बताउनुभयो । यो बिरालो ले माछा खाने भएकोले ताल पोखरीको नजिक यस्को बासस्थान रहने उहाले बताउनु भयो ।
मृत भेटीएको मलाह विरालोलाई डिभिजन वन कार्यालय ( गौतम बुद्ध) को बन क्षेत्रमा खडल खनी गडिएको छ ।
#Fishing #Cat #kapilvastu Cat #malaha
कपिलवस्तुमा बाघजस्तो देखिने #मलाह #विरालो (#Fishing #Cat) मृत फेला
तस्बिर: सनिउल्ला धोबी




