Connect with us
Kapilvast Forest

ओलीको दाबी : कांग्रेसले ३०-३२ सिट मात्रै जित्छ

२०७९, २६ कार्तिक शनिबारमा प्रकाशित

धनगढी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा नेपाली कांग्रेसले ३०–३२ सिट मात्र जित्ने दाबी गरेका छन् ।कैलालीको लम्कीमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेसले १६५ मध्ये ८७ ठाउँमा मात्र उम्मेदवार बनाएकाले ३०–३२ सिट मात्र जित्छ, उनीहरुलाई बहुमत ल्याउन कठिन छ, बहुमत ल्याउने एमालेले नै हो ।
’ कांग्रेसले ३०–३२ सिट मात्र जित्ने बताएका ओलीले केही दिनअघि अनलाइनखबरसँगको कुराकानीमा एमालेले प्रत्यक्षमा सय सिट जित्ने दाबी गरेका थिए । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सत्तारुढ गठबन्धनसँग भावी प्रधानमन्त्री बन्ने मान्छे नै नभएको दाबी गरे ।

अगामी निर्वाचनबाट बन्ने सरकारको नेतृत्व कसले हाँक्छ र गठबन्धनको नेता को हो भन्ने जवाफ उनीहरुसँग नभएको टिप्पणी उनले गरेका छन् । उनले सरकार बनाउँछौँ भन्ने विश्वास नभएकै कारण गठबन्धनले हाम्रो प्रधानमन्त्री फलानो हुन् भनेर भन्न नसकेको दाबी गरे ।

‘गठबन्धन की ठगबन्धनको अगामी कार्यक्रम के हो ? सरकार कसले हाक्छ ? नेता को हो ? एमालेले जस्तै गठबन्धनले फलानो हाम्रो प्रधानमन्त्री हो भनेर किन भन्न सक्दैन,’ ओलीले भने, ‘किनकी उनीहरुलाई सरकार बनाउँछौं भन्ने विश्वाव नै छैन । सरकार बनाउँदा पनि कुन पार्टीको कार्यक्रम लागु गर्ने त्यो छैन । त्यसैले यो गठबन्धनलाई विदा गरौं।’

अहिले गठबन्धनका नेताहरुले आफू आफूलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर जनतालाई ढाट्ने काम गरिरहेको बताएका ओलीले फरक फरक पार्टीका घोषणा पत्र लागु हुने सम्भावना नै नरहेको दाबी गरे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu