Connect with us
Kapilvast Forest

मत बदर हुनबाट जोगिन ख्याल गरौँ

२०७९, २७ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं-मत बदर हुनबाट जोगिन नागरिकले मतदान गर्दा ख्याल गर्नुपर्ने हुन्छ । नागरिकले मतदान गर्दा ख्याल पुर्‍याउँदा मत बदर हुनबाट जोगिने निर्वाचन आयोगका उपसचिव एवं सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।

अर्यालकाअनुसार सबैभन्दा पहिले मतदान गर्ने मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर भएको हुनुपर्छ । यदि अधिकृतको हस्ताक्षर नभएको मतपत्रमा मतदान गरेको छ भने त्यस्तो मतपत्र बदर हुन्छ । ती मतपत्र गणना गर्दा फेला परेमा बदर मततिर छुट्याउनुपर्ने हुन्छ ।

एउटा मतपत्रमा एक ठाउँमा मात्रै स्वस्तिक छाप लगाउनुपर्नेमा दुई ठाउँमा लगाएमा त्यो मत पनि बदर हुने हुन्छ । मत खेर जान्छ । स्वस्तिक छाप लट्पटिएको नबुझिने छ भने त्यो पनि खेर जान्छ ।

दुई वा दुईभन्दा बढी कोठामा पर्ने गरी स्वस्तिक छाप लगाइएको छ भने त्यस्तो मत पनि खेर जाने हुन्छ । तोकिएको स्वस्तिक छापबाहेक औँठा छाप अथवा अन्य चिह्नलेसमेत सङ्केत गरेको छ भने त्यो मत पनि बदर हुने अर्यालको भनाइ छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu