Connect with us
Kapilvast Forest

दाङको टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु

२०७९, २६ मंसिर सोमबारमा प्रकाशित

तुलसीपुर। दाङको तुलसीपुर-१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’ सुरुआत भएको छ। नेपाल वायुसेवा निगमको जहाजमा आइतवार ४ सय ६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदीशचन्द्र यादवले बताए

‘हामी जतिबेला चाहिन्छ, त्यतिबेलै ल्याउँछौं,’ उनले भने, ‘कहिल्यै नेपाली सेनाको हेलिकोप्टर आकस्मिकरूपमा पनि आउन सक्छ, त्यस्तो बेला पनि हामीले आपूर्ति गर्छौं।’

६ महिनाअघि नै विमानस्थलको डिपोमा इन्धन राखिएको थियो। आयल निगमको केन्द्रीय कार्यालयबाट एक जना, प्रदेशस्थित भैरहवा कार्यालयबाट दुई जना तथा नेपालगञ्ज कार्यालयबाट एक जना प्राविधिकसहितको टोली विमानस्थलमा आएर इन्धन रिफ्युल गरिएको हो।

यो चौथो प्रयासपछि मात्रै रिफ्युल भएको हो। यसअघि विभिन्न कारण देखाउँदै रिफ्युल कार्य हुन सकेको थिएन। डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो।

भारतबाट तथा केन्द्रीय कार्यालयमा पनि परीक्षण गरेपछि रिफ्युल गर्न योग्य भएपछि आइतवार रिफ्युल कार्य गरिएको हो। टरिगाउँमा नेपाल वायुसेवा निगमको १९ सिटे ट्‍वीनअटर जहाज सञ्चालनमा छ।

एयरपोर्टको धावनमार्ग ७ सय ५० मिटर मात्रै रहँदा ठूला जहाज बस्न सकेका छैनन्। जसले गर्दा महँगो भाडा तिर्न यात्रु बाध्य छन्। दाङ-काठमाडौं हवाई भाडा न्यूनतम भाडा ८ हजार ८ सय १० रुपैयाँ छन्, भने अधिकतम १२ हजार ६ सय ६५ छ।

काठमाडौंभन्दा दाङ आउँदा भने त्यसको दुई सय रुपैयाँ बढी हुन्छ। काठमाडौंमा यात्रु सेवाबापत पाँच सय रहेको, दाङमा तीन सय रहेकाले काठमाडौंबाट दाङ आउँदा दुईसय रुपैयाँ बढी लाग्ने गर्छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu