Connect with us
Kapilvast Forest

चारनम्बर जस्तै पिङ दुर्घटना चन्द्रौटामा नदोहोरियोस !

२०७९, ९ पुष शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तुको चन्द्रौटामा जारी सातौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७९ को डुंगा पिङ असुरक्षित भएको दर्शकले बताएका छन । डुंगा पिङमा चढ्दा हल्लिने भएकाले असुरक्षित भएको दर्शकले बताएका छन । ठेकेकदार पक्ष जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालीका प्रबन्धक राजविर जयसवालले कामउने उदेश्यले हतार हतारमा पिङ लगाउदा पिङ दुर्घटना हुने सम्भावना बढेको छ ।
दर्शकले पिङ हल्लिएको जानकारी आयोजक व्यापार सघंसगंलाई जानकारी गराउदा आयोजकले कुनै सुनुवाइ नै नगरेको दर्शकले गुनासो गरेका छन ।
त्यस्तै ठेकेकदार पक्ष जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालीका प्रबन्धक राजविर जयसवाललाई पिङ हल्लिएको विषयमा सोध्नका लागि सम्पर्क गर्दा फोन रिसिभ हुन सकेन ।
यसरी राम्रोसँग पिङ नलगाउदा गत वर्ष जितपुर चारनम्बर मेलाको पिङ दुर्घटना भएको थियो । चन्द्रौटा महोत्सवको पिङ, डुगा विना तयारी लगाउदा दुर्घटना नहोला भन्न सकिदैन ।
२०७८ चैत १२ गते कपिलवस्तु महोत्सवमा दर्शक सवार डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका थिए । उक्त दुर्घटनामा ३ जना गम्भीर घाइते भएका थिए ।
तत्कालीन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले गम्भीर घाइतेको उपचारको लागि बुटवल रिफर गरेका थिए ।
गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर १ का अर्जुन क्षेत्री , सिर्जना थारु र कपिलवस्तु नगरपालिका वडा नं. ९ का आकृति खनाल रहेका थिए ।

यसै गरी सामान्य घाइते हुनेमा शितगंगा नगरपालिका २ मनीषा क्षेत्री, बाणगंगा नगरपालिका वडा नं. ४ का आशिका बिसी, अञ्चल पुन, बम बहादुर क्षेत्री, वडा नं.८ का सीमा खत्री, महिमा चौधरी, सिर्जना सुनार, वडा नं. ९ का कृष्ण घर्ती मगर रहेका थिए ।

प्रवेश शुल्क महाङ्गो ।।
आयोजक व्यपार संघ कपिलवस्तु र ठेकेकदार पक्ष जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालीका प्रबन्धक राजविर जयसवालले कामउने उदेश्यले महाङ्गो टिकट कायम गर्दा स्थानिय दर्शकले समेत महोत्सव बहिष्कार गर्ने न्युजसेन्टर नेपाललाई जानकारी दिएका छन । दिउँसो ७० अनि साँझ १ सय किन राखेको होला ? साँझ के व्यवस्था हुन्छ भन्दै नाम नबताउने सर्तमा एक स्थानियले जिज्ञासा राखे ।
महोत्सवको विमा छैन ।।
महोत्सवमा रहेका स्टल र खेल सामाग्रीको विमा नहुदाँ व्यपारिहरु तथा मेला हेर्न आएका दर्शकहरु समेत असुरक्षित भएको छन । कुनै पनि मेला महोत्सव लगाउदाँ विमा अनिर्वाय गर्नु पर्ने प्रवधान भएपनि महोत्सव आयोजक व्यपार संघ कपिलवस्तुले महोत्सवको विमा नगरेको पाइएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu