Connect with us
Kapilvast Forest

बुटवलमा आजबाट चौथो सडक खाना महोत्सव हुँदै

२०७९, १५ पुष शुक्रबारमा प्रकाशित

बुटवल । राष्ट्रको आर्थिक विकासको प्रमुख मेरुदण्ड मानिने पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले आज देखि बुटवल सडक खाना महोत्सव हुँदै छ ।

अतिथि देवो भव, “नेपाली मौलिक कला संस्कृति तथा खानपानका पतिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्र्धन र रोजगारीको सृजना हाम्रो अभियान” का साथ होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले महाेत्सव गरेकाे हाे ।

महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति र मौलिक खानपान परिकारको प्रचारप्रसारका साथै बजारीकरण लगायतमा टेवा पुग्ने विश्वास लिएको आयोजकले अपेक्षा लिएको छ ।

बुटवल उपमहानगरपालिका वडा न-९ कालिका पथको तिनकुनेदेखि उत्तरतर्फ नयाँ बसपार्क सम्मको सडकमा यही पुस १५, १६ र १७ गतेसम्म तिन सम्म सञ्चालन हुने जनाईएको छ ।

महोत्सवमा यस क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरुबाट उत्पादित विभिन्न परिकाहरुका साथै जिल्लाभित्र र बाहिर विभिन्न जातजातिका खानाका परिकारको प्रदर्शनी तथा बिक्रीवितरण एवं राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

साँझ ६ बजेदेखि राती १२ बजेसम्म सञ्चालन हुने महोत्सव अवधिभर करिव १ करोड बरावरको आर्थिक कारोवार हुने र १ लाखभन्दा वढि दर्शकहरुले अवलोकन गर्ने लक्ष्य रहेको छ ।

महोत्सवको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वेलुका ५ बजे गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu