प्रेस युनियन लुम्बिनीकाे अध्यक्षमा सुदिप गाैतम
दाङ- नेपाल प्रेस युनियन लुम्बिनीकाे अध्यक्षमा सुदिप गाैतम निर्वाचित हुनुभएको छ ।
दाङकाे घाेराहीमा भएकाे प्रदेशको प्रथम अधिवेशनबाट गाैतम सर्बसम्मत अध्यक्षमा निर्वाचित हुनु भएको हाे ।
अधिवेशनकाट खुला उपाध्यक्ष जय सिहं केसी,महिला उपाध्यक्षमा सारदा मल्ल,समावेशी उपाध्यक्ष पहलमान घर्ती चयन हनुभएकाे छ।
यस्तै महासचिवमा नवीन गीरी,खुला सचिवमा सुर्य भुसाल,महिला सचिवमा कल्पना डुम्रे,समावेसी सचिवमा सम्सेर बिक्रम जिसी हुनुभएकाे छ भने कोषाध्यक्ष सीपी खनाल बन्नु भएकाे छ ।
अधिवेशनबाट प्रकास रेग्मी, वसन्त वन्जाडे, तेजेन्द्र केसी ,सुदिप भण्डारी,गौरव गिरी,बिस्नु आचार्य,पारस भण्डारी,दिलीप खडका,प्रमोद आचार्य,रबीन सर्मा चापागाइ,कृष्ण थापा,सुमन श्रेष्ठ, यमकला भुसाल,सिमा भट्टराइ ,ओमा कडेल,पुजा पन्थी, दुखहरण यादव, रबीन्द्र यादब, सुरेस परीयार सदस्य चयन हुनुभएको छ।
यसैगरी लेखा समीती संयोजकमा मुत्ती प्रसाद न्याैपाने र सदस्यमा इन्द्रजीत रेग्मी र प्रकास घिमीरे बन्नुभएकाे छ।