फोन गर्न अझै पनि डाँडा धाउदै बाजुराको हिमालीका स्थानिय
बाजुरा— बाजुराको दुर्गम क्षेत्रको रुपमा रहेको हिमाली गाउँपालिकाका अधिकांस बस्तिहरुमा अहिले पनी संचार सेवाबाट बिमुख बनेका छन । हिमाली गाउँपालिका दर्जन बढि बस्तिका स्थानिय अहिले पनि एक कल फोन गर्न घण्टौँ हिडेर डाडाकाडामा पुगेर फोन गर्नुपर्ने बाध्यता भएको छ ।
हिमाली गाउँपालिकाका वडा नम्मर १ बिच्छ्या आसपासका क्षेत्रहरु, वडा न ३ को गुम्बा गाउँ वडा न ५ को कवाडी आसपास र वडा न ६ को पाँणी गाउँका नागरिकहरु अहिले सम्म फोन गर्न घण्टौँ हिडेर अग्लो ठाउँमा गएर फोन गर्न बाध्यतामा परेका छन ।
महिलाहरुले फोन गर्नुपर्दा घरको सारा कामकाज छोडेर हिँड्नुपर्ने भएकोले महिलाहरुलाई थप समस्या हुने गरेको स्थानिय बताउँछन् । ‘यस्तो समस्या हुँदा पनि कसैको ध्यान गएन, केटाकेटी र वस्तुभाउ अर्कालाइृ जिम्मा लगाएर फोन गर्न जानुपर्छ उनिहरुको भनाई रहेको छ ।
सम्बन्धित निकायमा पटक-पटक घच्घच्याए पनि हुन्छ भन्ने आश्वासन दिने तर काम केही नगरिदिएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए । गाउँभन्दा पर डाँडामा गएर सम्पर्क गर्नु यहाँका बासिन्दाको दैनिकी बनिसकेको उनले जानकारी दिनुभयो ।
सहजरूपमा सञ्चारको पहुँच पुग्न नसक्दा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ अध्यक्ष मल्लले भन्नुभयो । हिमाली गाउँपालिकाका दर्जन बढि बस्तीका नागरिकहरु फोन गर्न अझै पनि डाँडा खोज्दै जानुपर्ने बाध्यता बनेको गाउँपालिका अध्यक्ष मल्लकाे भनाइ छ ।यहाँको समस्याका बिषयमा कार्यपालिकाबाटै निणर्य गरेर पटक पटक नेपाल टेलिकममा पुग्दा पनि कसैले चासो नदिएको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
स्थानिय तह भइसकेपछि केही बस्तीहरुमा भने फोन टावर बनाएको भए पनि बिकट भएका कारण सबै ठाउँमा संचार सेवा नपुगेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताउनु भयो ।
फोन सेवा नभएका गाउँका लागि पनि पटक पटक नेपाल टेलिकमा जिल्ला प्रदेश र केन्द्रीय कार्यालयहरु धाइसकेको भए पनि टेलिकमको ब्यवास्थाका कारण नागरिकले सास्ती खेप्नुपरेको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताउनु भयो । नेपाल टेलिकमको कार्यालयमा आबस्यक कागजात सहित धेरै पटक पुग्दा पनि टेलिकमले वास्ता नगरिदिएको गाउँपालिकाको गुनासो रहेको छ ।
वडा न १ बिच्छयामा स्वास्थ्य चौकी माध्यामिक बिद्यालय र वडा कार्यालय समेत रहेकोले सो ठाउँमा अहिलेको संचारका कारण सेवा प्राभवकारी नबनेको गाउँपालिकाले जनाएको छ । वडा कार्यालयमा जन्म मृत्यु लगायतका धेरै कामहरु अहिले अनलाइृनबाटै गर्नुपर्ने भए पनि सो ठाउँमा नेटवर्क समेत नहुदा त्यहाँका नागरिकले सास्ती खेप्नुपर्ने बाध्यता रहेको हिमाली गाउँपालिकाले जनाएकाे छ ।