Connect with us
Kapilvast Forest

प्रधानमन्त्री प्रचण्डद्वारा मातहतका कार्यालयबारे जानकारी

२०७९, ११ माघ बुधबारमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका आयोग, विभाग र कार्यालयहरूको बारेमा जानकारी लिनुभएको छ ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले आफू मातहतका कार्यालयहरूको जानकारी लिनुभएको हो ।

प्रधानमन्त्रीसमक्ष राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी राष्ट्रिय सतर्कता केन्द्रका सचिव रवीन्द्रनाथ श्रेष्ठ सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा राजस्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाल र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारीले आफ्नो प्रस्तुति राख्नुभएको थियोे ।

यसैगरी कार्यालय प्रमुखहरूले आफ्नो मातहतका कार्यालयको नीतिगत कार्यादेश, प्रगति अवस्था, गरिएका पहल, कार्यालयका समस्या र आगामी दिनमा चाल्नुपर्ने कदमबारे सुझाव प्रस्तुत गर्नुभएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ । प्रधानमन्त्री प्रचण्डले अर्को दिन बाँकी कार्यालय प्रमुखको प्रस्तुति सुनिसकेपछि निर्देशनात्मक मन्तव्य राख्नुहुनेछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu