Connect with us
Kapilvast Forest

भुवने डाँडामा निर्माण भएको मन्दिरमा भीड

२०७९, १५ माघ आईतवारमा प्रकाशित

गुल्मी- गुल्मीमा व्यक्तिगत लगानीमा आकर्षक मन्दिर निर्माण गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१३ र गुल्मीदरबार गाउँपालिका–३ को सिमानामा पर्ने भुवने डाँडामा लाखौँ रकम खर्च गरेर एक व्यक्तिको लगानीमा आकर्षक मन्दिर निर्माण गरिएको हो ।

गुल्मीदरबार गाउँपालिका–३ का सुब्बा बस्नेतले आफ्नै लगानीमा यस जिल्लाको ऐतिहासिक एवम् धार्मिक क्षेत्र रेसुङ्गाको काखमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भित्र्याउने उद्देश्यले श्रीरामको मन्दिर निर्माणका लागि लगानी गर्नुभयो ।

पचास लाखभन्दा बढीको लगानीमा मन्दिरसँगै रेसुङ्गा क्षेत्रमा तपस्या गरेका ऋषि महर्षिहरूका कलात्मक दृश्यहरू निर्माण गरिएको छ । उक्त कलात्मक दृश्यहरू हेर्न जानेको सङ्ख्या दिनप्रतिदिन बढ्ने गरिएको छ । यहाँ निर्माण गरिएको मन्दिर र रेसुङ्गा क्षेत्रसँग धार्मिक महत्त्व जोडिएर आउने सुब्बा बस्नेतले जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu