Connect with us
Kapilvast Forest

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

२०७९, २२ माघ आईतवारमा प्रकाशित

कपिलवस्तु -कपिलवस्तुका १० पालिका अख्तियारका ५८ उजुरी परेका छन । गत आर्थिक वर्ष र यो आर्थिक वर्षको हालसम्मको यो उजुरी संख्या हो । सबै भन्दा बढी यशोधरा गाउपालिका र सबै भन्दा कम सुद्धोदन गाउपालिका र कपिलवस्तु नगरपालिका रहेका छन ।

यशोधरा गाउंपालिकाको १२ उजुरी र शुद्धोधन गाउंपालिकाको र कपिलवस्तु नगरपालिकाको एक एक वटा मात्र उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाकार्यालय बुटवले जनाएको छ । आयोगले कपिलवस्तुको मायोदबी सुद्धोदन र बुद्धुभूमी नगरपालिमा राखेको भष्ट्राचार नियन्त्रण तथा शुसासन प्रर्वधन सम्वन्धी स्थानीयतह संग अन्र्तरक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो । त्यस्तै दोस्रो उजुरी पर्नेमा कृष्णनगर नगरपालिकाको ११ वटा परेको छ । त्यस्तै महाराजगंज नगरंपालिकाको ८ विजयनगर गाउंपालिकाको ७ , बाणगगा नगरपालिकाको ६ वटा उजुरी परेको छ ।

त्यस्तै बुद्धभुमी नगरपालिकाको र मायादेवी गाउंपालिकाको ५ , ५ वटा उजुरी परेको छ । शिवराज नगरपालिकाको २ वटा उजुरी परेको छ । स्थानीय तहमा विकास निर्माण र शिक्षा र स्वास्थ्य जस्ता काममा धेरै उजुरी पर्ने गरेको आयोगका सिनियर डिभिजनल अधिकृत जयराम श्रेष्ठले बताए ।साथै कार्यक्रममाकार्यपत्र प्रस्तुतगर्दे शाखा अधिकृत गोकर्णराज घिमिरेले स्थानीय जनप्रतिनिधी , कर्मचारी र नागरिक समाज मिलेर भष्टचार नियन्त्रणमा सहयोग गनु पर्ने बताए । सो अवसरमा शुद्धोधनगाउंपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले आफै बाट भष्टचार नियन्त्रण गर्ने प्रतिवद्धता जाहेर गर्दे सबैले भष्टचार नियन्त्रण गरी शुसासन कायम गर्नुपर्ने बताए । सो अवसरमा वडा अध्यक्ष मनोज कुमार यादव, कार्यपालिका सदयपिन्स्र कुमार श्रीवास्तव , प्रमुख प्रशासकीय अधिकृत ऋषिदेव अर्याल ,राष्ट्यि माविका प्रअ लालचन्द्र पाण्डेय लगायतले आ आफ्नो धारणा राखेका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu