Connect with us
Kapilvast Forest

कपिलवस्तुको महाराजगंजमा कित्ताकाट खुल्यो

२०७९, २५ माघ बुधबारमा प्रकाशित

कपिलवस्तु-

कपिलवस्तुको महाराजगंज नगरपालिका भित्र रहेका जग्गाको कित्ताकाट खुलेको छ । आज बुधबार सम्पूर्ण प्रकृया पु्रा भएकोले अब देखि कित्ताकाट हुने महाराजगंज नगरपालिकाले जनाएको छ ।

नगर तथा वडाले आवश्यक सम्पूर्ण प्रकृया पुराई कित्ता काट खुलेको महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।
ऐनमा उल्लेख भए बमोजिम कित्ताकाट हुने बताइएको छ ।

लामो समय देखि रोकिएको जग्गा कित्ताकाट खुल्दा आम नागरिकहरुलाई सहज हुने विश्वास लिइएको छमहाराजगंज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीले बताउनुभयो ।