Connect with us
Kapilvast Forest

खुल्यो उत्तरी नाका

२०७९, ७ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौँ- चीनले उत्तरी नाका खुुला गरेको छ । रसुुवाको केरुङ र हुुम्लाको यारी नाका खुुला भई सामान आयात निर्यात हुुन थालेको छ । नयाँ वर्षको कारण देखाउँदै चीनले माघ ६ गतेदेखि १५ दिनका लागि नाका बन्द गरेको थियोे । हाल नियमित रूपमा नाका खुुला भई सामान आयात–निर्यात हुुन थालेका छन् ।

चिनियाँ नाकाहरूमा रसुुवाको केरुङ सिन्धुुपाल्चोकको कोदारी तातोपानी मुुस्ताङको कोरला सङ्खुुवासभाको किमाथाङ्का ताप्लेजुुङको ओलाङ्चुुङ्गोला र हुुम्लाको यारी रहेका छन् । तीमध्ये रसुुवाको केरुङ तातोपानी कोदारी र हुुम्लाको यारी व्यापारिक नाका हुन् । यद्यपि भूकम्पयता तातोपानी नाका करिब बन्दजस्तै छ ।

उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले उत्तरी नाका खुुला भई सामान नियमित रूपमा आउन थालेको जानकारी दिनुुभयो । चीनतर्फका उत्तरी नाका खुुला भई सञ्चालनमा आएकोे उहाँले स्पष्ट पार्नुभयो ।

कोभिडको कारण देखाउँदै करिब तीन वर्ष केरुङ नाकाबाट सामान आयात भए पनि निर्यात हुन सकेको थिएन । गत १२ पुुसदेखि नाका खुला भएको थियो । कोभिडपछि आयात भए पनि निर्यात भने पूर्ण रूपमा बन्द रहेको थियो ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले केरुङ नाका खुुला भई नियमति रूपमा सामान आउन थालेको जानकारी दिनुुभयो । “अहिले नाका खुुला भई दैनिक १० देखि १२ ट्रक सामान आउने गरेको छ उहाँले भन्नुभयो ।

सामान्य अवस्थामा दैनिक १४ देखि १५ ट्रक सामान आयात हुने गरेकामा अहिले दैनिक १० देखि १२ ट्रक मात्र सामान आउने गरेको उहाँको भनाइ छ । नाकाबाट सामान आयात–निर्यात भए पनि मानिसको आवतजावत भने अझै खुुला नभएको उहाँले जानकारी दिनुुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu