रिहा भएपछि अरुण चौधरी भन्छन् मसँग प्रतिशोध साधियो
धनगढी- राष्ट्रपतिको आममाफीबाट कारागारमुक्त भएका नागरिक उन्मुक्ति पार्टी नाउपाका नेता अरुण कुमार चौधरीले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप लगाएका छन् । कैलाली कारागारबाट आज बिहान रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले आफूमाथि प्रतिशोध साधिएको आरोप लगाएका हुन् ।
१८ दिनको कारागार बसाइँले धेरै कुरा सिकाएको बताउँदै उनले भने आज जुन हिसाबले म भित्र आएँ त्यो त एउटा राजनीतिक प्रतिशोधको हिसाबले भित्र आएको हो जस्तो लागिरहेको छ ।