Connect with us
Kapilvast Forest

श्रीमती र बुवालाई नग्न अवस्थामा देखेपछी छोराद्वारा बुवाको हत्या

२०७९, १० फाल्गुन बुधबारमा प्रकाशित

hatya

कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० शितलापुर बस्ने बर्ष ६४ को मगरे पासीको हत्यामा संलग्न रहेको आरोपमा मृतकको छोरा मग्निराम पासीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान पासी आफ्नै घरमा झुण्डिएको अबस्थामा मृत फेला परेपछि प्रहरी घटनास्थलमा पुग्दा घटनास्थल शंकास्पद देखेपछि अनुसन्धान सुरु गरेको र हत्यामा संलग्न मृतकको छोरा बर्ष ३० को मग्निराम पासी र बुहारी बर्ष २६ कि मिमा पासीलाइ प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रमुख कपिल जगं साहिले जानकारी दिनुभयो ।
मंगलबार बिहान ११ बजे खाना खान घरमा आएको समयमा आफ्नो बुबा र श्रीमतिलाइ नग्न अबस्थामा देखे पश्चात बाबुको हत्या गरेको र सोही दिन राती ११ बजे डोरीमा बांधी झुण्ड्याएको हुन सक्ने प्रहरी अनुसन्धानवाट खुलेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रमुख साहिले जानकारी दिनुभयो ।
घटनाबारे अर्को दिन बिहान ८ बजे मात्र प्रहरीलाइ सुचना पुगेको र प्रहरीले घटनास्थलबाट आबश्यक सबुद प्रमाणहरु बरामद गरेको सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ ।