Connect with us
Kapilvast Forest

राहुल गान्धीको सांसद पद खारेज

२०७९, १० चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं- भारतीय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता खारेज भएको छ । चार वर्ष पुरानो एक आपराधिक मानहानी मुद्दामा दुई वर्षको सजाय पाएको भोलिपल्ट लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो ।

भारतीय संविधानको धारा १०२ १ र १९१ १ मा यदि संसद वा विधानसभाको कुनै सदस्य लाभको पदमा पुगे मानसिक रुपमा अस्वस्थ भए वा वैध भारतीय नागरिक रहेनन् भने उसको सदस्यता रद्द हुन्छ । अयोग्यताको अर्को नियम संविधानको दशौं अनुसूचीमा छ जसमा दलबदलका आधारमा सदस्यलाई अयोग्य ठहर गर्ने व्यवस्थामा छ ।

गान्धी केरलाको वाडनाड लोकसभा सिटमा निर्वाचित भएका थिए । भारतीय संविधानको धारा १०२ १ र जनप्रतिनिधित्व अधिनियम १९५१ अनुसार सजाय सुनाएकै दिन २३ मार्च २०२३ देखि उनको सांसद पद खारेज भएको सूचनामा उल्लेख छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu