म्यानमार देखि भैरहवासिधा उडानको पहल
काठमाडौँ- नेपाल पर्यटनबोर्डले म्यानमारको राजधानी यगुनबाट भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सिधाहवाई सेवा संचालनको लागि पहल गरेको छ ।
बौद्ध धर्माबलबीभएको देश म्यानमारबाटसिधाउडानगर्न सके दुवै लुम्बिनीको पर्यटनप्रर्वद्धनगर्न सहयोग मिल्ने अपेक्षा सहितबोर्डले यो पहल गरेको हो ।
यसका लागि बोर्डले बुधबार नेपालका लागि म्यामारका राजदूत र म्यामारका लागि नेपाली राजदूत संस्कृतिपर्यटन तथानागरिक उडड्यनमन्त्रालयका उच्चअधिकारी लुम्बिनीविकास कोषकापदाधिकारी तथा म्यानमार नेशलन एअरलाइन्सका कार्यकारी प्रमुख सहित सरोकारवालासँग काठमाडौँमा उच्च स्तरिय छलफल सम्पन्न भएको छ ।
छलफलका क्रममा नेपालीपक्षले म्यानमारबाट भैरहवा सिधाउडानको म्यानमार तयार रहे आवश्यक सहयोगका लागि नेपालतयार रहेको बताउँदै म्यानमारको टोलीलाई थपप्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।
छलफल कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष मैत्य शाक्यपुत्ताले नेपाल र म्यानमार बीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै सिधाउडानहुन सके म्यानमारबाट लुम्बिनी आउने पर्यटकहरु बढ्ने बताउनु भयो ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले म्यानमार नेशलन एअरलाइन्सले गौतम बुद्धविमानस्थलमा उडान गर्न नेपालको तर्फबाट विभिन्न छुट सुविधा तथा अन्य आवश्यक सहयोग गर्न आफुहरु तयार रहको बताउनु भयो । उहाँले सिधाउडान गर्न सकेमा दुवै देशले पर्यटनका माध्यमबाट फाइदा लिनसक्ने बताउनुभयो ।
यस्तै म्यामारका लागिनेपाली राजदूत हरिशचन्द्र घिमिरेले म्यानमार भैरहवा सिधा उडानबारे म्यानमारको सरकारीपक्षसंग सम्बाद भइरहको सन्दर्भ माम्यानमारको टोली नै नेपाल आउनुले उडानको लागि थप बल पुग्ने विश्वास व्यक्तगर्नु भयो ।
यस्तै नेपालका लागि म्यानमारका राजदूत सेन ओले सिधा उडान गर्ने बारे आफुहरु सकारात्मक रहेको उल्लेख गर्दै यसको प्राविधिक पक्षको अध्ययनपछि नयाँ सम्भावनाबारे जानकारी गराउने प्रतिवद्धता व्यक्तगर्नु भयो ।
म्यानमारको नेशनल एअरलाइन्सका कार्यकारी प्रमुखक्याप्टेन कुपखान्मुङले आफुले गौतमबुद्ध विमानस्थल निरक्षण गरेर फर्किएको र सिधा उडानबारे आफुहरु सकारात्मक रहेको बताउनु भयो । उहाँले यसको लागि आवश्यक प्राविधिक तथा व्यवसायिक योजनाका साथ छलफल अगाडि बढाइने समेत बताउनु भयो ।
नेपालपर्यटनबोर्डका कार्यकारी प्रमुखडा।धनन्जय रेग्मीले बौद्धमार्गी म्यानमारबाटलुम्बिनीमासिधाउडानगर्न सके धार्मिक पर्यटनप्रर्वद्धनगर्न सघाउपुग्ने उद्देश्यले बोर्डको पहलमाकार्यक्रमआयोजनागरिएको र छलफल सकारात्मकभएको बताउनु भयो ।
उहाँले यो छलफलपछिसिधाउडाननकानयाँ सम्भावना व्यापार व्यवसाय तथा अनयपक्षबारे थप छलफल गर्ने बाटो खुलेको समेत बताउनु भयो । लुम्बिनीलाइ केन्द्रमा राखेर ठूलो लगानीमा विमानस्थल बनेको छ । तर बुद्धिस्टकन्ट्रिबाट नै उडान छैनन् ।
यो अवस्थामा विमानस्थल संचालन तथा लुम्बिनीको पर्यटन प्रर्वटनका लागि हामीले यो पहल गरेका हौं । छलफल सकारात्मक रहेकोले यसले छिट्टै नयाँ सम्भावनाको ढोका खोलनेमाहामीहामीआशाबादीछौं उहाँले भन्नु भयो ।
छलफल कार्यक्रममा नेपाल म्यामार उद्योग वाणिज्य संघका अध्यक्ष शिवकुमार अग्रवाल प्रथम उपाध्यक्ष रतनलाल अग्रवाल पर्यटन व्यवसायी तुलसी ज्ञवाली मोहनबीर थापा लगायतले नेपाल म्यानमार सम्बन्धको चर्चा गर्दै म्यानमार बाट सिधाउडान हुन पर्यटनका साथै अन्य आर्थिक गतिविध समेत बढ्ने बताउनु भयो ।
यसैबीच नेपालका लागि म्यानमारका राजदूत सेन ओले सहित म्यानमारबाट आएको टोलीले आजै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीसँग भेटघाटगर्ने कार्यक्रम रहेको र यस विषयमा मन्त्रीसंग पनि थपछलफल हुने नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक लक्ष्मण गौतमले जानकारी दिनुभयो ।