Connect with us
Kapilvast Forest

नेपाली सेनामा चार हजार पाँच सयको जागिर खुल्यो

२०८०, ८ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौँ- नेपाली सेनाले सैन्य पदका लागि चार हजार पाँच सय जनाको आवेदन माग गरेको छ । शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै सेनाले देशभरबाट विभिन्न क्षेत्रबाट भर्ना गर्ने गरी सैन्य माग गरेको छ । इच्छुकले अनलाइन मार्फत फारम भर्न सक्ने व्यवस्था गरेको भर्ना छनौट निर्देशनालय कार्य रथी विभाग जङ्गी अड्डाले जनाएको छ ।

माग गरिएको मध्ये सैन्य परिवार २२५ खुल्ला दुई हजार ३५१ महिला ३९० आदिवासी जनजाति ६१७, मधेसी ५४० दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जना रहेका छन् । यी मध्ये सबै भन्दा धेरै सुर्खेत कास्कीमा ३५०-३५० र उदयपुरमा ३०० जना सैन्य माग गरेको छ । फारम जेठ १४ गतेसम्म अन्तिम समय तोकिएको छ । उम्मेदवारका लागि १८ वर्ष पुरा भई २२ वर्ष ननाघेकाले मात्र फारम भर्न पाउने नेपाली सेनाले सूचना मार्फत जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu