Connect with us
Kapilvast Forest

जसपा नभएको भए नागरिकता समस्या हल हुने थिएन : उपेन्द्र यादव

२०८०, ११ असार सोमबारमा प्रकाशित

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी नभएको भए नागरिकता समस्या नेपालमा कहिले पनि समाधान नहुने दाबी गरेका छन्।

आइतबार पार्टीको विधान अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नभएको भए नागरिकता समस्या कहिले हल नहुने दाबी गरेका हुन्। त्यस्तै आफ्नो पार्टी नभएको भए देशमा संघीयता पनि नआउने उनको दाबी छ।

‘अहिले जनता समाजवादी पार्टी नभइदिएको भए नागरिकता समस्या नेपालमा कहिले पनि हल हुने थिएन। जनता समाजवादी पार्टी नभए नेपालमा संघीयता कहिले आउने थिएन,’ उनले भने, ‘हिजोको मधेशी जनाधिकार फोरम भनेको आजको जनता समाजवादी पार्टी हो।यदि जनता समाजवादी पार्टी नभएको भए धर्म निरपेक्षता, समावेशिता जस्ता कल्पनाका कुरा हुने थिए।’

उनले वर्तमान सरकारले आफ्नो समयसम्म काम गर्न पाउनुपर्ने पक्षमा आफूहरु रहेको बताए। उनले वर्तमान सत्तारुढ गठबन्धन कायम राख्नुपर्ने बताए। उनले भने, ‘हामी चाहन्छौँ, यो सरकार निरन्तर आफ्नो समयसम्म रहोस् । र यो गठबन्धन अगाडि बढून्। र सरकारले डेलिभरी दिनुपर्छ जनतालाई। परिवर्तनको नेतृत्व सरकारले गर्नुपर्छ। बाटो खोल्नुपर्छ।’

अध्यक्ष यादवले देशको शासकीय स्वरुप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने बताए। उनले निर्वाचन प्रणाली पनि खर्चिलो भएको भन्दै यसको पनि परिवर्तन गर्नुपर्ने बताए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu