Connect with us
Kapilvast Forest

मलका लागि विहानैदेखि लाममा किसान

२०८०, १३ असार बुधबारमा प्रकाशित

बाँकेको खजुरा –४ ‘इ’गाउँस्थित मिलिजुली वहुउद्देश्यीय कृषि सहकारी संस्थाले रासायनिक मल वितरण गर्ने भएपछि विहानैदेखि किसानहरु लाइनमा बसेका छन् । सहकारीका अध्यक्ष खड्ग वलीले मङ्गलबार किसानलाई वितरणका लागि संस्थामा मल आइपुगेपछि विहान ५ बजेदेखि नै किसानहरु लाइनमा बसेको जानकारी दिनुभयो ।

अध्यक्ष वलीले भन्नुभयो, ‘युरिया र डिएपी मल किसानलाई उपलब्ध गराउन नसक्दा समस्या भएको छ, कृषि सामग्री कम्पनी र साल्टट्रेडिङले मल सहकारीलाई दिएमात्रै किसानलाई मल दिन सकिन्छ ।’

५५३ जना सहकारी सदस्य भएको सहकारीमा यसपटक १७५ बोरा युरिया र ७५ बोरा डिएपी प्राप्त भएको बताउँदै वलीले सहकारी बाहिरका ब्यक्तिलाई समेत मल दिनुपर्ने भएकाले अपुग भएको बताउनुभयो । सहकारीमा मल नपाइएपछि लाइनमा बसेका कतिपय किसान खाली हात घर फर्कनेगरेका छन् ।

मल पाउन किसानबीच ठेलमठेल हुनेगरेको छ । बाँकेमा साल्टट्रेडिङले डिलर सहकारीको रुपमा नेपालगञ्जमा १३, बैजनाथमा ९, डुडुवामा १, जानकीमा ४, खजुरामा ९, कोहलपुर ३ र राप्ती–सोनारी गाउँपालिकाका ६ वटा सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउँदैआएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu