अन्दोलनमा सहभागी किसानहरु सम्मानित
सनिउल्ला धोबी कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ७ ले किसान अन्दोलनमा सहभागी भएका कृषकलाई सम्मान गरेको छ । विगत ६।७ बर्ष देखी उखुको बक्यौता रकम पाउनका लागि विभिन्न समयमा अहोरात्र खटिएका उखु किसानलाई सम्मान गरिएको वडा अध्यक्ष अनुप कुमार चौधरीले जानकारी दिनुभयो ।
किसानहरुको हौसाल बढाउनका लागि एक कार्यक्रमको आयोजना गरि किसानहरुलाई सम्मान गरेको अध्यक्ष चौधरीको भनाई रहेको छ । उदयराज कुर्मी, राम लाल कलवार, त्रिवेणी गुप्ता, राम बहादुर चमार, राम कुमार गुप्ता लगायत किसानहरुल पटक पटक काठमाण्डौ गएर अन्दोलन, अनसल बस्नु भएको थियो ।
शिवराजका करिब २ दर्जन किसानहरुलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।