Connect with us
Kapilvast Forest

एउटै पालिकामा पाँच हजार डेंगुका बिरामी, पाँचको मृत्यु

२०८०, ३० आश्विन मंगलवारमा प्रकाशित

file photo

तनहुँमा एउटै पालिकामा डेंगुबाट झण्डै पाँच हजार बिरामी भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । व्यास नगरपालिकामा चार हजार ७३५ जनालाई डेंगुको सङ्क्रमण हुनका साथै पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । डेंगुको सङ्क्रमण बढ्दै गएपछि सरकारी तथा निजी अस्तालमा बिरामीको भीड लागेको छ ।

तनहुँमा हालसम्म पाँच हजार ५५६ जनामा सङ्क्रमण भएकोमा व्यासमा चार हजार ७३५, आँबुखैरेनी गाउँपालिकामा ३९, ऋषिङ गाउँपालिकामा १५०, घिरिङ गाउँपालिकामा आठ, देवघाट गाउँपालिकामा नौ, बन्दीपुर गाउँपालिकामा ३७, भानु नगरपालिकामा ७३ भिमाद नगरपालिकामा १५६ जना, म्याग्दे गाउँपालिकामा ८५ जना, शुक्ला गण्डकी नगरपालिकामा ३४० जना र पालिका नखुलेको ६ जनामा डेंगुको सङ्क्रमण भएको स्वास्थ्य कार्यालय तनहुँमा प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

सङ्क्रमितमध्ये व्यास नगरपालिकामा मात्रै ८५ प्रतिशतभन्दा बढी रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार पाँच जनाको मृत्यु भएको छ । नगरपालिका–४ शीतलचोकका छ वर्षीय रिजब श्रेष्ठको असोज २६ गते निधन भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu