Connect with us
Kapilvast Forest

बुद्धभुमीमा राष्ट्रपति रनिङ शील्ड र मेयर कप प्रतियोगीता सूरु

२०८०, २७ मंसिर बुधबारमा प्रकाशित

कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको बुढ्डीमा राष्ट्रपति रनिङ शील्ड र मेयर कप प्रतियोगीता सूरु भएको छ । लुम्बिनी प्रदेश सदस्य नवराज लामिछानेले पानसमा दीप प्रज्जवलन पछि मार्च पास गरी कार्यक्रमको उदघाटन गरिएको हो । सो अवसरमा सांसद लामिछानेले बुद्धुभुमी नगरपालिकामा रंगशाला निर्माणकालागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले संघीय, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा बुद्धुभुमीमा रंगशाला निर्माण गरिनु पर्ने बताए ।

उनले खेलक्षेत्रको विकासमा आसातित लगानी नगरिएको अवस्थामा पालिकाले यसरी बिद्यार्थीको हौसला बढाउन गरिएको यो प्रतियोगीता आफैमा सराहनीय रहेको बताए । खेल भन्ने कुरा अनुशानमा आधारित रहने भन्दै उनले बिद्यालयका गुरुहरुले भोलीका सन्ततीकालागि चनाखो हुनु पर्ने बताए । उनले खेल क्षेत्रको विकासकालागि आफुले सक्दो पहल गर्ने बताए । सो अवसरमा नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले नगरपालिकाले ६ करोड लगानीको रंगशाला निर्माणकालागि पहल गरेको बताए ।

त्यसकालागि संघीय र प्रदेश सरकारसंग माग समेत गरिएको बताए । राष्ट्रपति रनिङ शील्डमा १८ बिद्यालयका बिद्यार्थी तथा मेयर कपका २१ बिद्यालयका बिद्यार्थी सहभागी रहेका छन । मेयर श्रेष्ठको अध्यक्षता र कृष्ण प्रसाद भट्टराईको संचालनमा भएको उदघाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्य, पुर्व प्रदेश सदस्य माला गोतामे, प्रमुख प्रशाकीय अधिकृत धुव्र नेपाल, समाजसेवी बिष्णुहरि शर्मा, कांग्रेस नगर अध्यक्ष माधव दमासे, एमालेका पिताम्बर खनाल, उद्याग बाािण्ज्य संघका शुभलाल भुसाल, दल बहादुर जिसि लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।

प्रतियोगीतामा एथलेटिक, ट्याक, भलीबल कबड्डी लगायतको खेल हुने नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख कृष्ण प्रसाद भट्टराईले बताए । कक्षा ९ देखि १२ सम्म राष्ट्रपति रनिङ शील्ड र १ देखि ८ सम्मका बिदार्थी मेयर कपमा सहभागी छन । शलिड र कप जित्नेलाई १५ , १२ र ८ हजार नगदले पुस्कृत गरिने भट्टराईले बताए । उदघाटन सत्रमा कराटे, स्काउट, नित्य, गायन लगायत प्रस्तुत गरिएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu