मलपोतको निर्देशन मान्दैन्न चन्द्रौटाका लेखापढी व्यवासायी
न्युज सेन्टर नेपाल
कपिलवस्तुको चन्द्रौटामा रहेका लेखापढी व्यवासायीहरुले मालपोत कार्यालयको निर्देशनलाई बेवास्ता गरेको पाइएको छ । मालपोत कार्यालय चन्द्रौटाले गत मंसीर २० गते प्रकाशन गरेको सु्चनालाई यहाँका लेखापढी व्यवासायी तथा भु सेवा केन्द्रले अटेरी गरेको मालपोत कार्यालय चन्द्रौटाका प्रमुख लक्ष्मण प्रसाद चालिसेले जनाकारी दिनुभयो ।
लेखापढी व्यवासायीले सञ्चालन गरेको भु सेवा केन्द्रमा भौतिक तथा अन्य स्रोत साधन नपुग रहेकाले १५ दिन भित्र व्यवस्थापन गर्न मालपोत कार्यालयले निर्देशन दिएको थियो । तर अधिकांसले उक्त निर्देशनको वेवास्ता गरेका छन ।
चन्द्रौटामा रहेका २ दर्जन नेपाल लेखापढी कानुन व्यवासायी एशोसिएसन तथा भु केन्द्र मध्ये आधा दर्जन भु केन्द्रले मात्र मापदण्ड बमोजिम सन्चालन गरेका छन ।
साथैै भू–सेवा केन्द्र सञ्चालन निर्देशिका २०७६ वमोजिम र मालपोत नियमावली २०३६ को नियम २३ (ज) मा भएको व्यवस्था वमोजिम झुट्टा विवरण पेश गरेमा, प्रणालीमा अपलोड गर्नु पर्ने कागजात अपलोड नगरेमा कानुन बमोजिम कार्वाही हुने कार्यालयले जनाएको छ ।
सेवाग्राहिलाई गलत सुचना दिएमा र निर्देशन विपरित कार्य गरेमा भू–सेवा केन्द्रको अनुमति पत्र रद्ध गर्ने मालपोत कार्यालय चन्द्रौटाले जनाएको छ ।
