Connect with us
Kapilvast Forest

सुदूरपश्चिम प्रदेश प्रमुखमा नजिर मिया सिफारिस

२०८०, २८ फाल्गुन सोमबारमा प्रकाशित

सरकारले सुदूरपश्चिम प्रदेश प्रमुखमा अर्घाखाँचीका नजिर मियालाई नियुक्तिको लागि सिफारिस गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले नेकपा एमालेका केन्द्रीय सल्लाहकार तथा संविधानसभा सदस्य अर्घाखाँचीका नजिर मियालाई प्रदेश प्रमुखमा नियुक्तीका लागी सिफारिस गर्ने निर्णय गरेको हो । उनी नेपाल मुस्लिम इत्तेहाद संगठनका पूर्वअध्यक्ष हुन् ।
सरकारले गण्डकी र मधेश प्रदेशका प्रदेश प्रमुखलाई पनि हटाएर नयाँ नियुक्तिको लागि सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने पदहरुमा नियुक्तिको लागि मधेसको लागि झापाकी सुमित्रा भण्डारी र गण्डकीको लागि डोटीका डिल्लीराज भट्टलाई मनोनयनको लागि सिफारिस भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

नयाँ नियुक्तिका लागि सिफारिस गरिएका प्रदेश प्रमुखहरू तीनैजना नेकपा एमालेका हुन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu