Connect with us
Kapilvast Forest

कपिलवस्तुको गोरुसिङ्गे र चन्द्रौटामा प्रहरीको बेरियरले आवतजावतमा समस्या

२०८१, १७ श्रावण बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तु — कपिलवस्तुको गोरुसिङ्गे र चन्द्रौटामा नेपाल प्रहरीले राजमार्गमा विभिन्न सामग्री राख्दा यात्रुहरूलाई आवतजावतमा समस्या भएको छ।
जिल्लाको गोरुसिङ्गेको दुई स्थान र चन्द्रौटाको एक स्थानमा बेरियर राखिएको छ ।
नेपाल सरकारको नियम अनुसार कुनैपनी बहानामा कसैले पनि सडकमा बेरियर राख्नु गैर कानुनी कार्य हो । यस विषयमा जिल्ला ट्राफिक कार्यालय मौन बसेको स्थानीयले आरोप लगाएका छन ।
स्थानीयको भनाई अनुसार, केही दिनदेखि प्रहरीद्वारा चन्द्रौटा र गोरुसिङ्गे अन्तरगर राजमार्गमा अवरोध सामग्री राखिएको छ, जसले गर्दा सावारी साधनहरू र यात्रुहरूलाई कठिनाइ उत्पन्न भएको यात्रुको भनाई रहेको छ ।

स्थानीय बासिन्दाहरूको अनुसार, प्रहरीले राखेका अवरोध सामग्रीहरूले राजमार्गमा यातायात व्यवस्थापनमा समस्या उत्पन्न गरेको छ। यसले गर्दा दैनिक यात्रा गर्ने व्यक्तिहरूले समस्या झेल्नु परेको छ।

एक स्थानीयले नाम नबताउने सर्तमा भने, “यो अवरोधले हाम्रो दैनिक जीवनमा निकै कठिनाइ उत्पन्न गरेको छ। हाम्रो कामकाजमा असर परेको छ र विद्यार्थीहरू, बृद्धअबश्थाका ज्येष्ठ नागरिकलाई झनै कठिनाइ भइरहेको छ।”

पसुरक्षा व्यवस्थापनका लागि गरिएको अवरोध भए पनि यसले स्थानीय जनतामा प्रत्यक्ष असर पारेको छ।

स्थानीयहरू प्रशासनसँग तत्काल समाधानको लागि माग गरिरहेका छन्।
हेर्नुस भिडियो:-भिडियोको लिंक तल राखिएको छ ।

https://www.facebook.com/share/v/8grCwyGd8pD2maYf/?mibextid=oFDknk https://www.facebook.com/share/v/8grCwyGd8pD2maYf/?mibextid=oFDknk

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu