Connect with us
Kapilvast Forest

कपिलवस्तुका दुई नेतालाई एमालेमा नयाँ जिम्मेवारी

२०८१, १७ श्रावण बिहीबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु  – नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले कपिलवस्तुका नेता झविलाल पोख्रेललाई केन्द्रीय निर्वाचन समिति सदस्य र अकवाल अहमद शाहलाई केन्द्रीय सल्लाहकार परिषद सदस्यमा मनोनित गरेको छ।

केन्द्रीय सचिवालयको पछिल्लो बैठकले यी दुई नेताहरूलाई महत्वपूर्ण पदमा नियुक्त गर्ने निर्णय गरेको हो। झविलाल पोख्रेल र अकवाल अहमद शाहको नियुक्तिले एमाले कपिलवस्तु थप उचाइमा पुगेको एमाले नेताहरूले बताएका छन ।

यो नियुक्तिले कपिलवस्तु जिल्लाको राजनीतिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

झविलाल पोख्रेल नेकपा एमाले कपिलवस्तुका पुर्व अध्यक्ष हुन भने अकवाल अहमद शाह तत्कालीन मधेसबादी दलबाट कृषि मन्त्री समेत भैसकेका छन ।

दुवै जना लामो समयदेखि पार्टीमा सक्रिय योगदान गरिरहेका नेताहरू हुन्।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस अवसरमा भन्नु भयो, “पार्टीका यी दुई समर्पित नेताहरूलाई महत्वपूर्ण जिम्मेवारी दिएका छौं, पार्टी अझ बलियो हुँदै जानेछ।”

नेकपा एमाले केन्द्रीय समितिले आफ्नो निर्णयमा पार्टीका सदस्यहरूलाई धन्यवाद दिँदै थप समर्पण र क्रियाशीलताको अपेक्षा व्यक्त गरेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu