Connect with us
Kapilvast Forest

खाद्य तथा गुण नियन्त्रक कार्यालयद्वारा ग्लोबल डेरीको मोही निरीक्षण, परिक्षणको लागि भैरहवा पठाइयो

२०८१, २७ श्रावण आईतवारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
खाद्य तथा गुण नियन्त्रक डिभिजन कार्यालय तौलिहवाले ग्लोबल डेरीको मोहीको बजार निरीक्षण गरेको छ ।

कपिलवस्तुको बुद्धभुमी नगरपालिका इमिलियामा रहेको
बुद्धभुमी मोहीको व्यापक जनगुनासो आएपछि मोहिको मोहिको गुणस्तरीयता माथी संका उब्जिएकाले बजार परिक्षण गरीएको खाद्य तथा गुण नियन्त्रक डिभिजन कार्यालय तौलिहवाका प्रमुख रमेश दहालले बताउनु भयो ।

जिल्लाको गोरोसिङ्गे बजारमा मोहीको सेम्पल कलेक्सन गरी भैरहवा पठाइएको डिभिजन प्रमुख दहालले बताउनु भयो ।

खाद्य तथा गुण नियन्त्रक डिभिजन कार्यालय तौलिहवाका प्रमुख रमेश दहाल र डिभिजन कै सरोज खनालको टोलीले गोरिसिङ्गे बजारमा मोहीको जनगुनासो टिपोट गरि मोहिको निरीक्षण गर्नु भएको हो।

मोहीको रिपोर्ट भोलि आउने सरोज खलानले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी अर्यालले विश्व प्रकाश आर्यालले ग्लोबल डेरीले उत्पादन गरेको बुद्धभुमी मोही गुणस्तरहीन भएको आम उपभोक्ताको गुनासो आएकाले निरीक्षण गर्न निर्देशन दिनु भएको छ ।

ग्लोबल डेरीले उत्पादन गरेको बुद्धभुमी मोहि गुणस्तरहीन भएको उपभोक्ताले आरोप लगाएका छन । शुक्रवार गोरुसिङ्गेको एक होटलमा ग्लोबल डेरीको ब्याच नं १४७ बिग्रीएको भेटिएको थियो ।

उत्पादनको मितिले ५ दिनसम्म खान मिल्ने भनेपनी बजारमा ल्याएको दोस्रो दिनदेखि नै मोहिमा समस्या देखिएको हो ।

ग्लोबल डेरी उद्योगले उत्पादन गरेको मोहीको गुणस्तरको स्तर कमसल र केमिकल प्रयोग गरेको स्थानीयको आरोप रहेको छ ।

मोही खाएपछि धेरै उपभोक्ताहरू झाडापखालाको समस्याले ग्रसित भएको महाराजगन्जका एक स्थानीयले बताए ।
सामान्यतः मोही एक समान घुलनशील हुनु पर्ने हो, तर यहाँ भने उत्पादन गरिएको मोही तीन तहमा विभाजन भएको देखिएको छ ।
उत्पादन मिति देखि ५ दिनसम्म प्रयोग गर्न मिल्ने दाबी गर्दै बजारमा पठाइएको यो मोही वास्तविकतामा फाटेको गन्हाउने, लेदो जस्तो देखिएको गोरुसिङ्गेका एक होटल सन्चालकले जानकारी दिनुभयो ।

ग्लोबल डेरीले किसानबाट खरिद गरेको दुधको रकम समेत नदिएको किसानहरुको आरोप रहेको छ । जिल्लाको शिवराज नगरपालिका ३ का किसानका अनुसार ग्लोबल डेरीले दुधको मुल्य नदिएको आरोप लगाएका छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu