Connect with us
Kapilvast Forest

मन्त्रीहरूलाई भाषण गर्न नबोलाउनुस्: अर्थमन्त्री पौडेल

२०८१, ११ भाद्र मंगलवारमा प्रकाशित

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरूलाई काम गर्न दबाब दिन आग्रह गर्नुभएको छ ।

मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले काम गर्ने की भाषण गर्ने भन्ने असहजता मन्त्रीहरूलाई हुने गरेको भन्दै भाषण गर्न बोलाउने भन्दा काम गर्नका लागि प्रेरित गर्न निजी क्षेत्रहरूलाई आग्रह गर्नुभयो । उहाँले बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै कार्यक्रममा बोलाउने भन्दा काम गर्न, नीति नियम बनाउने काममा लाग्न दबाब दिन सुझाव दिनु भयो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले देश, जनता र कानुनको ख्याल गरेर सफल व्यवसाय गर्न व्यवसायीहरूलाई आग्रह गर्दै त्यस्ता व्यवसायीहरूलाई राज्यले साथ र संरक्षण गर्ने बताउनुभयो । उहाँले अहिलेको सांसदबाट बनेको पछिल्लो सरकारले सबैभन्दा स्थिर सरकार भएको र वर्तमान सरकारको स्थिरताले नीतिगत स्थिरताको बलियो आधार दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रीलाई एउटा अप्ठ्यारो हुँदोरहेछ । काम गर्ने कि भाषण गर्ने ? म यहाँहरूसँग के राख्न चाहन्छु भने मन्त्रीहरुलाई भाषण होइन काम गर भनेर यहाँहरू सबैले प्रेरित गर्नुपर्छ भन्ने मलाई लाग्छ । तर कस्तो हुन्छ भने निजी क्षेत्रका सङ्गठनहरू छन्, यहाँहरू महत्वका साथ बोलाउनुहुन्छ, नआऊँ, यथोचित मर्यादा, आदर भएन भन्ने लाग्छ, आउँ समय भाषण सुन्न र गर्नमै व्यतीत हुन्छ । त्यसैले विशेष गरी छाता सङ्गठनका साथीहरू हुनुहुन्छ, अर्थमन्त्रीले सुन्नुपर्ने, बुझ्नैपर्ने, गर्नुपर्ने कामका लागि सुझाव दिन अरू कुनै समयमा हार्दिक स्वागत गर्नेछु । अरू समयमा यस्ता औपचारिक कार्यक्रममा बोलाउनु भन्दा तिमी काम गर, भाषण कम गर भन्ने सहजीकरण गरिदिनु हुन आग्रह गर्न चाहन्छु ।’

उहाँले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढ्ने पनि बताउनुभयो । नेपालमा गुणस्तरीय उत्पादन गर्न सके अन्तर्राष्ट्रिय बजार नेपालका लागि पनि सुरक्षित हुने बताउनुभयो । अर्थतन्त्रका सबै सूत्रहरूमा यथेष्ट अध्ययन र विश्लेषण गरी निर्णयमा पुग्ने बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu