Connect with us
Kapilvast Forest

शिवराज आधारभुत अस्पतालमा ब्रह्मलुट: २० रुपैयाँको औषधि ५० मा बेचेको खुलासा

२०८१, २६ भाद्र बुधबारमा प्रकाशित

 

न्युज सेन्टर नेपाल– कपिलवस्तुको शिवराज नगरपालिकाद्वारा सञ्चालित शिवराज आधारभुत अस्पतालमा व्यापक ब्रह्मलुट तथा अनियमितता भएको प्रमाण सार्वजनिक भएको छ ।

अस्पतालले नागरिकलाई सस्तो र छिटोछरितो सेवा दिने उद्देश्यले अस्पताल परिसरभित्रै फर्मेसी सञ्चालन गरेको भए पनि त्यहाँ औषधिको अत्यधिक मूल्य लिने गरिएको खुलासा भएको छ।

न्युज सेन्टर नेपाल फेला पारेको विलकोमा अस्पतालले २० रुपैयाँ पर्ने औषधिको ५० रुपैयाँ लिएको पाइएको छ । एक विरामीले अस्पतालबाट खरिद गरेको टिटि सिरिन्जको बिल ५० रुपैयाँको काटिएको थियो, जबकि त्यही सिरिन्ज बाहिरका मेडिकलहरूमा २५ रुपैयाँमै पाइन्छ ।

अस्पतालमा औषधिको मूल्यमा ब्रह्मलुट भइरहेको आरोप स्थानीयले लगाएका छन । अस्पतालले विरामीलाई औषधि खरिद गर्दा २०% छुट दिने निर्णय गरेको भए पनि, बिलमा कुनै छुट नदेखिएकोले व्यापक विरोध भइरहेको छ।

अस्पतालका इन्चार्ज बिरेन्द्र मिश्रले विरामीबाट चर्को मूल्य लिएको विषयमा नगर प्रमुख अजय थापा, उप प्रमुख शिव कुमारी चौधरी, अस्पतालका अध्यक्ष तथा शिवराज ५ का अध्यक्ष नेत्र प्रसाद बेल्बासेलाई जानकारी भए पनि कुनै कार्वाही नगरेको नागरिक समाजले जनाएका छन ।

अस्पतालका इन्चार्ज बिरेन्द्र मिश्रको प्रत्यक्ष संलग्नतामा विरामीहरूबाट चर्को मूल्य असुली भइरहेको स्थानीयहरूले दाबी गरेका छन ।

मिश्रले कुनै सुधार नगरी विरामीहरूबाट अनैतिक रूपमा अतिरिक्त पैसा असुल्न निरन्तरता दिएको देखिन्छ ।

मिश्रको नेतृत्वमा भइरहेको यो आर्थिक अनियमितता सबैको मिलोमतो रहेको शिवराजवासीले आरोप लगाएका छन । नेतृत्वको कमजोरीका कारण बिरामीहरूलाई ठगी र ब्रह्मलुटको शिकार बनाइएको आरोप रहेको छ । ।

स्थानीयहरूले सबैको मिलोमतोमा आर्थिक चलखेल भएको आशंका गरेका छन । शिवराज आधारभुत अस्पतालमा यस अघि पनि पटकपटक विवाद हुँदै आएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu