Connect with us
Kapilvast Forest

लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढाउनु पर्छ : मुख्यमन्त्री आचार्य

२०८१, ३१ भाद्र सोमबारमा प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढाउन भारतको उत्तर प्रदेश सरकारसँग सम्बन्ध विस्तार गर्ने तयारीमा रहेको बताएका छन् ।

बुद्ध जन्मस्थल लुम्बिनी र गौतमबुद्ध विमानस्थललाई लक्ष्य गरी रुपन्देहीमा अर्बौं लगानीमा पर्यटकीय पूर्वाधारहरु बनेकाले धेरै भारतीय पर्यटक भित्राउन अपरिहार्य रहेको उनले बताए ।

आज लुम्बिनी केबलकारको अवलोकनपछि मुख्यमन्त्री आचार्यले उत्तरप्रदेशको २४ करोड जनसंख्यालाई लुम्बिनी प्रदेशका पर्यटकीय स्थलमा आकर्षित गर्न मुख्यमन्त्रीस्तरीय वार्ता र सहकार्य गर्ने तयारीमा रहेको उनले बताएका हुन् ।

‘भारतीय पर्यटकहरुको सहज आवागमनका लागि प्रदेश सरकारले उत्तर प्रदेश सरकारसंग सहजीकरण गर्ने तयारीमा छ’, मुख्यमन्त्रीले भने, ‘यसमा नेपाल सरकारको पनि सहयोग आवश्यक छ, हामीले पर्यटकको बसाई लम्ब्याउन मुख्य पर्यटकीय स्थललाई जोडेर प्रदेश पर्यटन सर्किट पनि बनाउँदै छौं ।’

मुख्यमन्त्री आचार्यले भारतीय पर्यटकका सवारी साधनलाई सीमा नाकाबाट कम्तीमा चुरेको फेंदीसम्म प्रवेश अनुमति र भारतीय पर्यटक चढेका सवारीसाधनलाई सुरक्षा जाँचको नाममा ट्राफिक प्रहरीले अनावश्यक दुःख दिने परिपाटी अन्त्य गर्न नीतिगत सुधारको पहल भइरहेको बताए ।

‘ट्राफिक प्रहरीको अनावश्यक चेकजाँचबारे जनगुनासो प्राप्त भएपछि सुरक्षा अधिकारीहरुसँग छलफल गरेर पर्यटकलाई सहज वातावरण बनाउँदैछौं’, उनले भने, ‘लुम्बिनी आउने पर्यटकलाई बुटवल हुँदै लुम्बिनी केबलकार, रानीमहल हुंदै स्वर्गद्वारी पु¥याउने हाम्रो योजना छ ।’

लुम्बिनी आउने पर्यटकलाई प्रदेशका १२ जिल्लामा भ्रमण गराउने गरी पर्यटन सर्किटको विकास गर्ने तयारी रहेको उनले बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu