Connect with us
Kapilvast Forest

सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम सम्पन्न

२०८१, १५ कार्तिक बिहीबारमा प्रकाशित

न्युज सेन्टर- कपिलवस्तु, 
सशस्त्र प्रहरी बल नेपालको सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशका ६ जिल्लाका भारतसगँ सीमा जोडिएका ८५ जना वडा अध्यक्षहरुसँग कपिलवस्तुमा कार्यक्रम सम्पन्न भएको सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्यावासिनी वाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पालले बताउनु भयो ।

८५ जना वडा अध्यक्षहरु, सम्बन्धि जिल्ला स्थित गणका गणपतिहरु लगायत सीमामा परिचालित युनिटका गुल्मपति तथा विओपि प्रमुखहरुको उपस्थितिमा “सीमाबासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको सशस्त्र प्रहरी नायव महानिरीक्षक पालले जानकारी दिनुभयो ।

कार्यक्रममा सीमा सुरक्षा, सीमा अपराध, अवैध चोरी निकासी पैठारी नियन्त्रण, लागु औषध, हात हतियार बिष्फोटक पदार्थ ओसारपसार, चेलीबेटी बेचबिखन नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो ।

सशस्त्रले सीमा अपराध न्युनिकरण, अवैध चोरी निकासी पैठारीमा कमी, राजश्व संकलनमा उल्लेख्य वृद्धि, विपद् उद्धार तथा राहत वितरण कार्यमा सशस्त्र प्रहरीले अहम भुमिका निर्वाह गरेको प्रती वडा अध्यक्ष टुङ्गनाथ चौधरीले प्रशंसा गर्नुभयो ।

सशस्त्रले सीमावासीसंग हातेमालो, समन्वय र सहकार्य, सीमा सहजिकरण समिति तथा सीमा निगरानी समिति गठन गरेको छ ।

सशस्त्रले सीमाबासीलाई लक्षित गरि संगठनले अवलम्वन गरेका उत्कृष्ट विद्यार्थीलाई शैक्षिक वृद्धि, सशस्त्र प्रहरी स्कुलमा निशुल्क अध्यापन, निशुल्क स्वास्थ्य शिविर जस्ता विविध कल्याणकारी योजनाहरू सन्चालन गर्दै आएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu