Connect with us
Kapilvast Forest

रातीमा गाउँमा पसेका गाउँपालिका अध्यक्ष चौधरी घेरामा (भिडियो सहित)

२०८१, १५ मंसिर शनिबारमा प्रकाशित

न्युजसेन्टर नेपाल-कपिलवस्तु-
कपिलवस्तुको सुद्दोधन गाउँपालिकाका अध्यक्ष कमलेशरण चौधरीलाई स्थानीयले घेराउ गरेका छन । यही मङ्सिर १६ गते हुन गइरहेको सुद्धोधन गाउँपालिका वडा नम्बर १ को उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष चौधरीले रकम बाँड्न गएको भन्दै स्थानीयले अवरोध गरेका हुन ।

निर्वाचन आचार संहिता उल्लंघन गर्दै गाउँपालिका अध्यक्ष चौधरी रातीको समयम रकम बाँड्न आएको स्थानीयले आरोप लगाएका छन ।
गाउँपालिका अध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएपनि उनले नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार मोहम्मद ताहिरको लागि भोट माग्दै गर्दा स्थानीयले भेटाएका हुन ।

गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले आफू राति विकास हेर्न आएको बताएका छन । रातिमा के को विकास हेर्न आएको भन्दै स्थानीयले प्रतिवाद गरेको भिडियोमा स्पष्ट हेर्न सकिन्छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले कुनै पनि नागरिकहरुलाई मौन अवधिभित्र कुनै पनि प्रचारप्रसार जन्य क्रियाकलाप नगर्न अनुरोध समेत आग्रह गरेको छ ।

निर्वाचन कार्यालयले गएराती १२ बजेदेखि मौन अवधी सुरु भएको जानकारी दिएको छ । भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।https://www.facebook.com/share/v/vAH2PMr9TqZJZAuW/