पत्रकार महासंघ कपिलवस्तुको अध्यक्षमा डिला, सचिवमा सनि निर्वाचित
कपिलवस्तु- नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको अध्यक्षमा डिलाराम भुसाल निर्वाचित हुनुभएको छ । शुक्रबार भएको निर्वाचनमा भुसालले ४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन संयोजक सरोज खनालले बताउनुभयो ।
उहाँको प्रतिस्पर्धी पार्वती पाण्डेले ३९ मत प्राप्त गर्नुभएको थियो। त्यस्तै उपाध्यक्षमा खगप्रसाद चपाई शर्मा, सचिवमा सनिउल्लाह धोवी, सहसचिवमा कृष्णप्रसाद पौडेल ३८ र पिताम्बर घिमिरेले ३८ मत प्राप्त गरी बराबर हुनुभएको निर्वाचन संयोजक खनालले बताउनुभयो । सहसचिव (समावेशी)मा नारद कोहार, कोषाध्यक्षमा मोहन बेल्वासे निर्वाचित हुनुभएको छ ।
खुला सदस्यमा अशोक पौडेल, बाबुराम रायमाझी, वासुदेव शर्मा, माधव बेल्वासे र महिला सदस्यमा भगवती न्यौपाने निर्वाचित हुनुभएको निर्वाचन समितिले जानकारी दिइएको छ ।
त्यस्तै सदस्य (मधेशी) मा अनिलकुमार माली, सदस्य (अन्य समावेशी) शिवकुमार ढाडी निर्वाचित भएका छन् ।
महिला उपाध्यक्षमा दीपा महत, सदस्य (दलित) राम प्रकट कोरी, सदस्य (आदिवासी जनजाती) सोमकुमारी चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष भुसालले श्रमजीवी पत्रकारको समस्या समाधान र संचार माध्यममा देखिएका संकटको निराकरणका लागि ठोस पहल गर्ने बताउनुभयो ।
पत्रकार महासंघ कपिलवस्तु शाखामा कुल ८८ मतदाता मध्ये ८१ मत खसेको थियो ।