प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निणर्याथ पेस गर्ने कार्यसूची रहेको छ ।संसदमा विचाराधीण अवस्थामा रहेका विधेकलाई नै अध्यादेशको रुपमा ल्याएको भन्दै प्रतिपक्षी दलहरु एकजुट भएर चर्को विरोध गर्दै आएका छन् ।
प्रचण्डले पनि त्यसै विषयसँगै प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्ने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।