Connect with us
Kapilvast Forest

सर्वोच्चमा रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो

२०८२, १ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं

सहकारी ठगीको आरोपमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको मुद्दामा बुधबार सुनुवाई भएको छ।

आइतबार र मंगलबार पेश चढेर पनि सुनुवाई हुन नसकेको मुद्दामा बुधबार सुनुवाई भएको हो। न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाई सकिएको अदालत प्रशासनले जनाएको छ।​

लामिछानेले बन्दीप्रत्यक्षीकरण र थुनामा राख्ने उच्च अदालतको आदेश बेरितको भन्दै बदर गरी थुनामुक्त गर्न माग गरी दिएको ७३ नम्बर निवेदनमा एकैपटक सुनुवाई भएको हो। केहीबेरमा इजलासले उपयुक्त आदेश दिनेछ।

उच्च अदालतको आदेशपछि लामिछाने अहिले भैरहवा कारागारमा छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu