Connect with us
Kapilvast Forest

पाँच हजार मेगावाटका आयोजनासँग पीपीए गर्दै विद्युत् प्राधिकरण

२०८२, १ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं-

नेपाल विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता ९पीपीए० गर्ने भएको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै अर्धजलाशययुक्त ९पीआरओआर० र बहाबमा आधारित ९आरओआर० परियोजनाको विद्युत् खरिद सम्झौता गर्न आयोजनाहरूलाई बोलाएको हो ।प्राधिकरणले १८५९ मेगावाटका आरओआर आयोजना र ३१ सय ७ मेगावाटका अर्धजलाशययुक्त आयोजनाको पीपीए गर्ने भएको हो ।

प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट भएका तर पीपीए हुन बाँकी जलविद्युत् आयोजनाहरूको विद्युत् खरिद बिक्रि सम्झौताका प्राधिकरणले सम्पर्क गर्न आउन सूचना जारी गरेको छ ।यसअघि हितमान शाक्य प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि नेपाल विद्युत् प्राधिकरण संचालक समितिको १२ चैत २०८१ को बैठकले नेपाल सरकारबाट १६ पुस २०८१ मा स्वीकृत ऊर्जा विकास मार्गचित्रको लक्ष्यअनुरुप उत्पादन क्षमता पुर्‍याउनका लागि पीपीए खुला गर्ने निर्णय गरेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu