Connect with us
Kapilvast Forest

जेठ २ बाट सुरु भएको सगरमाथा संवाद आज सकिँदै

२०८२, ५ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं –

काठमाडौंमा जारी सगरमाथा संवाद आज सकिँदैछ।जेठ २ गते शुरु संवाद आज सकिन लागेको हो। संवादको तेस्रो तथा अन्तिम दिन आज पौने १२ बजे समापन कार्यक्रम हुदैछ। समापन समारोहमा तीन दिनसम्मको छलफलको निष्कर्षसहित घोषणा पत्र मिडीया ब्रिफिङ मार्फत जानकारी दिइने सगमाथा संवाद सचिवालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए।

हिजो विभिन्न ८ वटा छुट्टाछुट्टै विषयहरूमा संवाद भएको थियो। तेस्रो सत्रमा अन्तर्गत १२ वटा विषयमा संवाद गर्ने कार्यक्रम तय गरिएकोमा अस्ति ४ र हिजो ८ विषयमा संवाद सम्पन्न भएको सगरमाथा संवाद सचिवालयले जानकारी दिएको हो।यसैबिच सगरमाथा संवादमा सहभागी ३५ जना पाहुनालाई सगरमाथा संवाद सचिवायले आज बिहान माउन्टेन फ्लाइट गराएको छ।

माउन्टेन फ्लाइटमा ६ जना विभन्न देशका मन्त्रीसहित ३५ जना सहभागी छन्।त्रिभुवन विमानस्थलमा प्रबक्ता रेन्ज शेर्पाका अनुसार बिहानै माउन्टेन फ्लाइटमा निस्केका पाहुनाहरु केहिबेरमा ल्याण्ड हुदैछन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu