Connect with us
Kapilvast Forest

प्रहरी हवल्दार कुँवर सम्मानित

२०८२, ९ जेष्ठ बिहीबारमा प्रकाशित

 

न्युजसेन्टर नेपाल, कपिलवस्तु- जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तुमा कार्यरत प्रहरी हवल्दार राजेन्द्र कुँवरलाई बैशाख महिनाको उत्कृष्ट प्रहरी (Police of the Month) घोषणा गर्दै प्रशंसा–पत्रद्वारा सम्मानित गरेको छ।

जिल्ला प्रहरी कार्यालय तौलिहवामा आयोजित विशेष कार्यक्रममा प्रहरी उपरीक्षक (एसपी) निरन्जन दत्त भट्टले हवल्दार कुँवरलाई प्रशंसा–पत्र प्रदान गरी सम्मान गरेका हुन् ।

कार्यक्रममा एसपी भट्टले जिल्लाभर रहेका प्रहरी इकाइ प्रमुखहरुलाई समसामयिक सुरक्षा चुनौतीहरूप्रति सजग रहन निर्देशन दिँदै, लागू औषध नियन्त्रण, अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको प्रवर्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै कुँवरलाई सम्मान गरिएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार प्रहरी हवल्दार कुँवरले स्थानीयस्तरमा उल्लेखनीय सफलता हासिल गर्दै समुदायमैत्री policing मार्फत नागरिक–प्रहरी सहकार्य सुदृढ बनाएकोमा यो सम्मान प्रदान गरिएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu